१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण



२२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर ललितपुरको ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण गरिएको छ ।
साथै ललितपुरमा वृक्षारोपणसँगै सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ ।
डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भइ हरेक वर्ष जुन ५ मा मनाउन लागिएको हो । यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।

“प्रकृतिलाई प्लास्टिकमुक्त बनाइ पर्यावरणलाई संरक्षण गर्नु आवश्यक छ,” ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले, “प्लास्टिकको झोला तथा सामग्रीको साटो कपडालगायतका वातावरणलाई कम हानी गर्ने सामग्रीको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय ललितपुरका सूचना अधिकारी थीरप्रसाद कोइरालाले दिवसका अवसरमा विभिन्न कायृक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ३४ बजे