१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


च्यासलबाट ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हमाल पक्राउ



२२ जेठ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काभ्रेपलाञ्चोक घर भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका ९ च्यासल बस्ने ३४ वर्षीय वसन्त हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात २०६३ फागुन २४ गते फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका ९ च्यासलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको पं्रहरीको भनाई छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : ५६ बजे