१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा अवैध खानी र क्रसर बन्द नगरे विप्लव माओवादीले जनसंर्घष गर्ने



ललितखबर
२८ जेठ । ललितपुरमा सञ्चालित अबैद्य खानी तथा क्रसर बन्द गरे विप्लप नेतृत्वको नेकपा माओवादीले जनसंर्घष गर्ने चेतावनी दिएको छ ।
आज प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउदै जिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज विपिन शर्मा र जिल्ला सेक्रेटरी विकास महर्जनलगायतले सो चेतावनी दिउका हुन् । ज्ञापन पत्र बुझेदै प्रमुख जिल्ला अधिकारीले पण्डितले खानीको सम्पुर्ण अधिकार स्थानिय निकाय(नगरपालिका)लाई प्रत्यायोजित गरेकोले आफ्नो भूमिका नभएको भन्दै निरिहता प्रर्दशन गरेका थिए ।
उनले भने,‘हाम्रो भुमिका अनुगमनमा मात्रै सिमित छ । तैपनि यस विषयमा हामी गम्भीर छौ र अबैध खानी रोक्न लागि पर्नेछौ ।’ सेक्रेटरी शर्माले सञ्चालन गर्नु पर्नेको हकमा मापदण्ड र कानूनी दायरामा ल्याएर आम जनतालाई समेत प्रतिफल पाउने गरि सञ्चालन गरिनु पर्ने माग राखेका थिए ।
पछिल्लो समय ललितपुरको लेले महादेवखोला, नल्लु, बुरुञ्चुली र देविचौरमा अबैध रुपमा खानी र क्रसरहरु सञ्चालनमा छन् । खानीका कारण स्थानीयहरुले भविश्यमा खानेपानी सुक्ने सम्भावना बढेको छ भने वन विकाशका कारण बाढी पहिरोलगायत प्राकृतिक विपत्ती भोग्नु पर्ने खतरा छ ।
यहाँ बस्ती नजिकै क्रसर सञ्चालन गर्दा ध्वनी प्रदुषणका कारण स्थानीयहरु प्रताडित छन् । यहाँ धुलो धुँवाका कारण निसासिदो वातावरणमा बाच्नु पर्ने बाध्यता रहेको लेले नल्लुका स्तानीयहरुको गुनासो छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ३ : ४१ बजे