८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको बाग्मतीमा वडालाई थोरै बजेट दिएकोे भन्दै एमालेको तीव्र असन्तुष्टि



११ असार । दक्षिण ललितपुरको बाग्मती गाउँपालिकाले ४८ करोड ४० लाख बजेट ल्याएर पनि वडालाई कम बजेट दिइएको भन्दै नेकपा एमालेले असतुष्टि जनाएको छ ।

आईतबारको १२ औँ गाउँसभामा गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै वडा नं ७ का वडा अध्यक्ष होम प्रसाद बजगाईँले आगामी आर्थिक वर्षको बजेटले पनि विगतको जस्तै पीडा दिएको बताए ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले प्रस्तुत गरेको वार्षिक बजेट अनुसार प्रत्येक वडालाई ३०÷ ३० लाख बजेट दिईएको छ । छिमेकी गाउँपालिकाहरुले वडालाइ बढी बजेट र अधिकार दिईरहँदा बाग्मतीले भने बजेट र अधिकारबाट वडालाई खुम्च्याएको भन्दै विरोध गरेका हुन् ।

 

छिमेकी महाङ्काल गाउँपालिकाले वडालाई ८० लाख बजेटको सिलिङ दिइरहँदा भुगोल, जनसङ्ख्या सबै हिसाबले महाङ्काल भन्दा ठूलो बाग्मती र त्यसमाथि पनि बाग्मतीकै सबैभन्दा ठूलो भूगोल र जनसङ्ख्या भएको गिम्दीमा ३० लाख बजेट लिए जानुजस्तो पीडा अरु केही नभएको गुनासो बजगाइँको छ । गाउँसभामा बजगाईँले भने,“सबै कुरा गाउँपालिका अध्यक्षलाई मात्र म दोष दिन चाहान्न, यहाँका विषयगत समितिका साथीहरुले अघिल्लो दिन मैले दिएका योजना लिएर जानुभो, आज आउँदा सबै महत्त्वपूर्ण योजना काटिदिनुभो ! म उहाँहरुलाई अझै सक्नुहुन्छ भने दुई वडा मिलाएर गिम्दी पनि चलाईदिनोस, म छोड्न तयार छु।“

समृद्ध बाग्मतीको नारा लगाईरहँदा गाउँपालिकाले समृद्धी उन्मुख कामहरु गर्न नसकेको उनको गुनासो छ । त्यसमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मात्र नभएर अन्य वडाध्यक्ष र बोर्ड सदस्यहरुको पनि दोष रहेको भन्दै बजगाईँले सबै मिलेर रचनात्मक काम गर्नुपर्ने बताए । गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित बजगाईँ एक्लो वडाध्यक्ष हुन् ।

ललितपुरमा रहेका तीन वटा गाउँपालिकामध्ये महाङ्कालले वडालाई ८० लाख,कोन्ज्योसोमले ४५ लाख सहित वडाध्यक्षको रोहबरमा हुने गरि थप ८ लाख छुट्याउँदा भूगोलमै ठूलो र ७ वडा रहेको बाग्मतीले वडालाई ३० लाख बजेट मात्र दिएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : २९ बजे