ललितपुर
२२ असार । ललितपुरको धापाखेलमा आज भीषण आगलागी हुँदा सुर्ती कारखानामा क्षति पुगेको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेलस्थित हिरालाल शाहको पूजा सुर्ती कारखानामा आज शुक्रबार बिहान आगलागी हुँदा सुर्ती बनाउने मेसिन २ थान र तयारी सुर्ती समेत गरी १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण लिएको थियो आगलागीका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
२२ असार २०८०, शुक्रबार
1.4k
Shares








प्रतिक्रिया