२८ असार । प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहालको अन्तिम संस्कारमा सासंद तोसिका कार्र्कीे दिएको अभिब्यक्तीप्रति माओवादी केन्द्र ललितपुरले खेद प्रकट गरेको छ ।
बिहिवार पार्टी कार्यलयले एक विज्ञप्ती जारी गदै बुधवार सिता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पुगेकी ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले सञ्चार माध्यमसँगको कुराकानीमा क्रममा दिएको अभिब्यक्ति प्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो । कार्कीले दिएको अभिब्यक्ति असंवेदनशील रहेको निष्कर्ष जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पार्टी संयोजक शिव कट्टेल र इन्चार्ज दिनेश महर्जनद्वारा विज्ञप्तीमा हस्ताक्षर गरिएको छ ।
कार्कीले भने आफूले बोलेको भिडियो काटेर भाइरल बनाएको भन्दै आपत्ती जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत सासंद डा. कार्कीले आफूले गलत बोलेको भए माफी दिन आग्रह समेत गरेकी छिन् ।
घटनाका सम्बन्धमा तप बुझ्न खोज्दा सासंद डा. कार्कीको टेलिफोन सम्पर्क हुन सकेन ।
प्रतिक्रिया