७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापाखेलमा पत्रकार एवं मानव अधिकारकर्मी घिमिरेको गोठमा आगलागीपछि ७ वटा गाई जलेर नष्ट



पत्रकार घिमिरेले परिवारको सदस्यहरु सुरक्षित रहेको र गाई गोठ सबै जलेर नष्ट भएको

२९ असार । ललितपुरको धापाखेलस्थित पत्रकार एबं मानवअधिकारकर्मी दिपक प्रसाद घिमिरेको गोठमा आगलागीपछि ७ वटा गाई जलेर नष्ट भएका छन् ।

ललितपुर महानगर २४ धापाखेलस्थित समावेशी टोलमा रहेको गाइगोठमा राती ९ बजे तिर भएको आगालागी भएको थियो ।

घिमिरेले गोठ पुरै जलेको र ७ ओटा गाई जलेर मरेको बताएका छन् ।
स्थानीय प्रशासन, प्रहरी र दमकलको सबै प्रयास असफल रहेको र आगलागी नियन्त्रणमा लिन कठीन भएको थियो ।
पत्रकार घिमिरेले परिवारको सदस्यहरु सुरक्षित रहेको र गाई गोठ सबै जलेर नष्ट भएको बताए ।
घिमिरे केही समयअघि कृषि पेशा सुरु गरेका थिए । उनले लामो समयसम्म ललितपुर केन्द्रित दिगो दृष्टि साप्ताहिक सञ्चालन गरेका थिए भने लामो समयदेखि इन्सेक नामक गैरसरकारी संस्थामा आबद्ध रहेर मानवअधिकारको मुद्दामा काम गरिरहेका छन् ।

यसै समाचारमा लामखुट्टेको धुप बाल्दा आगलागी भएको बाक्यांश पर्न गएकोमा क्षमायाचनासहित हटाइएको छ । सम्पादक

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १ : ३८ बजे