७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा एक सय ६ बर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनको तयारी



२९ असार । ललितपुर महानगरपालिकाले १ सय ६ बर्ष पुरानो दमकल मर्मत गरेर सञ्चालनको तयारी गरेको छ ।
करीब ३५ वर्षदेखि बिग्रिएर थन्किएको यो दमकल पुल्चोकका स्थानीय मोहनप्रसाद नकर्मीले मर्मत गरेका हुन् ।
प्राविधिकहरुका अनुसार यो दमकलमा टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो । झण्डै छ वर्षको खोजीपछि अमेरिकामा भेटिएका यी सामान जडानपछि अहिले दमकल प्रयोग गर्न मिल्ने अवस्थामा आइपुगेको छ । यो दमकल प्रयोग गर्न सजिलो रहेको प्राविधिकहरुको दावी छ । छिटो आगो निभाउन सक्ने क्षमता भएकाले विगतमा यसले आगलागीका ठूला घटनाबाट मानववस्तीलाई जोगाएको उनीहरुको भनाई छ ।
ललितपुर महानगरपालिकाले पुल्चोकस्थित जुद्धवारुण यन्त्र कार्यालयमा दमकल, एम्बुलेन्स, शववहानसहित प्रकोपका बेला महत्वपूर्ण जिम्मेवारी वहन गर्ने जनशक्ति नगरप्रहरी समेत एकै छानामुनि राखेर सञ्चालन गर्दै आइरहेको छ ।
मेयर महर्जन विजयी भएर आएपछि ६ बर्षअघि मदमकल मर्मतको चर्चा थियो । दमकलको स्पेयस्र पार्ट खोज्न समय लागेकाले ढिलो मर्मत गर्नु परेको महानगर श्रोतको भनाई छ ।
महानगर ललितपुरको चक्रपथबाहिर अन्य दुई ठाँउमा विपत्का लागि दमकल र एम्बुलेन्स नगरप्रहरी सहित विपत न्युनिकरण केन्द्र खोल्ने तयारीमा छ ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  २ : ५१ बजे