७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा एम्बुलेन्सलाई शुल्क, शवबाहन निःशुल्क



१ साउन । गोदावरी नगरपालिकाभित्र अस्पताल जानु परे एम्बुलेन्सले पैसा लाग्ने तर विरामीको मृत्यु भएर शव उठाउन परे पैसा नलाग्ने व्यवस्था गरेको भन्दै विरोध सुरु भएको छ ।
बाँचुञ्जेल नगरपालिकाले नागरिकलाई सेवा सुविधा दिन पर्नेमा त्यसो नगरेको भन्दै नगरबासीले विरोध गरेका हुन् ।
नगरपालिकाको १३ औं नगरसभाले नगरभित्र शव बाहनलाई नि :शुल्क बनाएको थियो ।नगरपालिकाको निर्णयप्रति असहमती जनाउदै गोदावरी ११ का भाग्यराम महर्जन सामाजिक सञ्जालमा लेख्छन्, ‘सक्छौ भने एम्बुलेन्सलाई नि :शुल्क गर मेयर साब लासले आश गर्दैन ।’
गोदावरी नगरभित्र सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा धेरै विरामी सदरमुकाम पाटन जानु पर्ने बाध्यता छ । त्यसका लागि एम्बुलेन्स प्रयोग हुने गरेको छ । काँठै काँठले भरिएको गोदावरी नगरपालिकामा धेरै जनता खेती किसानीमा भर पर्ने विपन्न वर्गका छन् ।
नगरपालिकाको निर्णयप्रति असहमती जनाउदै अमृत तिमल्सिना लेख्छन्, ‘जनता बाँच्न चाहन्छन्, तिनलाई सिटामोल, आइरन चक्की, जीवनजल नि:शुल्क पाइने बनाउ । एम्बुलेन्स निुशुल्क देउ । जनता बाँच्न चाहन्छन् ।’

गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपानेले विरोधको बचाउ गर्दै गोदावरी नगरपालिकाभित्र निजि सस्थाका र सरकारी गरी करिब ८ वटा एम्बुलेन्स सन्चालनमा रहेको तर सबै क्षेत्रमा १५ मिनेटको समयमा न्युनतम शुल्कमा सेवा दिने सामाजिक सञ्जालमार्फत बताएका छन् उनले सिङ्गै नगरपालिकाभित्र एउटा पनि शब बाहन नरहेको र त्यो पीडादायक समय र आगनबाट लास उठाउने बेलामा शबबाहन ले भनेजति पैसा तिरेर घाट लानुपर्ने पीडादायक अबस्थामा भोग्ने परिवार र आफन्तलाई मात्र थाहा हुने तर्क गरेका छन् ।
सबै बिषयमा राजनितिक रङ्ग नपोत्न नहुने र सबै बिषयमा आलोचना नगर्न उनको अनुरोध छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ३ : १३ बजे