७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको लेलेमा विद्युतको तार चुडियो, एक युवकको मृत्यु



ललितखबर
२ साउन । गोदावरी नगरपालिका ५ लेलेमा विद्युत्को तार चुडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार लेले महादेवखोला सौराहा भञ्ज्याङमा एक विहानै छाता ओडेर गन्तव्यतर्फ जाने क्रममा स्थानीय २६ बर्षिय राजु तामाङको मृत्यु भएको हो । रातको समयमा हाइ भोल्टेजले चुडिएर बाटोमा लतारिएको तारमा उनी अल्झदा करेन्ट लागेको प्रहरीको भनाई छ ।
एनको शव प्ररहीले पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाएको छ ।
स्थानीयहरुका अनुसार यहाँ अघिल्लो पल्ट पनि यसरी नै तार चुडिएको थियो । यहाँ तारले रुखहरु छोएको अवस्थामा रहेको जुनसुकै बेला दुर्घटना हुनसक्ने स्थानीयहरु बताउछन् ।
विद्युत् प्राधिकरणले तार जोडेर विद्युत् सुचारु गर्ने प्रयास गरिरहेको छ । दक्षिण ललितपुरको वनपाखा भएर विद्युतको तार गाँउ बस्ती लैजाने क्रममा रुखले छुने र पानी पर्दा हाइभोल्टेजसँगै तार जलेर खस्ने समस्या छ ।
स्थानीयहरुले प्राधिकरणले बेलामा रुखका हाँगा नकाट्ने र राम्रोसँग मर्मत सम्भार नगर्दा दुर्घटना हुने गुनासो गर्दै आएका छन् ।

विद्युत प्राधिकरणले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : ३९ बजे