८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रबाराही चापागाँउ अस्पतालको दोश्रोपल्ट शिलान्याश



ललितखबर
३१ भदौं ।बज्रबाराही चापागाँउ अस्पतालको दोश्रोपल्ट शिलान्याश गरिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आइतबार विहान बज्रवाराहीमा अस्पतालको शिलान्याश गरेका छन् ।
झण्डै ४ बर्षअघि तत्कालीन एमालेको सरकारको बेला अर्थमन्त्री विष्णु पौडेलले नगरस्तरिय अस्पतालको रुपमा शिलान्याश गरेको अस्पताल सरकार परिवर्तन भएसँगै गठबन्धन सरकारले काम रोकेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले देशभर ३ सय ९३ वटा स्थानीय तहमा निर्माण गर्न अस्पताल शिलान्याशको क्रममा यो अस्पताल पनि परेको थियो । राजनीतिक खिचातानीका कारण यो निर्णय कार्यान्वयन हुन भएको थिएन ।
दोश्रो पल्ट अस्पताल शिलान्याश गरेपछि अर्थमन्त्री महत आफू झस्केको बताए । उनले भने प्रदेशस्तरिय अस्पताल भएकाले प्रदेशले नै बजेट सुनिश्चितता गरेर काम सुरु गरेको उनको भनाई थियो ।
अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णचन्द्र महर्जनले कार्यक्रममा बोल्दै सबैको सहयोग नभए अस्पताल नबन्ने बताए ।

जिल्ला समन्वय समितीका अध्यक्ष ऋषिराम फुँयालले अस्पताल निर्माणपछि दक्षिण ललितपुरको लागि कोषेढुंगा सावित हुने दावी गरे । उनले ललितपुरमा सरकारी मातहतका अस्पताल नभएकाले महत्व दिएर काम गर्नुपर्ने बताए ।
वागमती प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गरेर भवन निर्माण सुरु गरिएको छ ।
एम के विल्र्डस एण्ड कन्ट्रक्सन कम्पनीले टेण्डरमार्फत १६ करोड १३ लाख १५ हजार ठेक्कामा भवन निर्माण गरिरहेको छ । गत असार १५ बाट काम सुरु गरिएको भवन निर्माण २०८३ असार १५सम्म पुरा भई सरकारलाई हस्तान्तरण गर्नुपर्ने कार्यादेश छ ।
पछिल्लो समय अस्पतालमा सेवा लिने विरामीको चाप बढेको भए पनि अस्पतालले राम्रो सेवा नदिएको गुनासो बढेको छ

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ३० बजे