ललितपुर
१७ असोज । ललितपुरको लाकुरी भञ्ज्याङ नजिकै गहतेहाइट र तारकेश्वरमा चोरी भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ९ गहतेहाइट बस्ने २९ वर्षीय पुष्कर खड्काको मदिरा पसलबाट काउन्टरमा रहेको नगद १ लाख ९० हजार रुपैयाँ, ५ लाख रूपैयाँ बराबरको विभिन्न ब्राण्डका मदिरासमेत गरी करिब ६ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल् गएराति चोरी भएको छ ।
सटरको ताल्चा फोडी अपरिचित व्यक्तिहरु प्रबेश गरेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरू खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तारकेश्वर नगरपालिका ५ बस्ने २५ वर्षीय होम बहादुर बस्नेतको घरमा कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरेर सुनका विभिन्न गहना गरी करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले दुवै चोरी घटनामा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।
१८ आश्विन २०८०, बिहिबार
268
Shares
प्रतिक्रिया