१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


डा. विकास देशारको दोस्रो पुस्तक लभ, लाइफ एण्ड ह्याप्पिनेस विमोचन



 

३० असोज । डा. विकास देशारको दोस्रो पुस्तक लभ, लाइफ एण्ड ह्याप्पिनेस विमोचन गरिएको छ । ललितपुरको चापागाँउमा आयोजित कार्यक्रममा अंग्रेजी भाषामा रहेको पुस्तक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतले विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजसेवी ब्रम्हानन्द श्रेष्ठले कोरोना समयमा लेखिएको डा. देशारको पहिलो पुस्तक “रिफ्लेक्सन अफ लाइफ” लखनको हिसावले अव्वल रहेको टिप्पणी गरेका छन् ।

वरिष्ठ हस्यकलाकार मदनकृष्ण श्रेष्ठले पुस्तकमा मायालाई जीवनसँग जोडिएको प्रसंग उल्येख गर्दै पुस्तकले जीवनमा खुसी मात्र एक उदेश्य हुनुपर्ने भाव बोकेको बताए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले डाक्टरजस्तो संवेदनशील पेशामा रहेका व्यक्ति साहित्य श्रृजनामा लाग्नु खुशीको कुरा भएको बताए ।

लेखक शिक्षक नारायण देशारले लेखक डा.विकास सानैदेखि तीक्ष्ण दिमाग भएका र पढाइमा अब्बल विद्यार्थी रहेको स्मरण गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलले कोभिड १९ को विषम परिस्थितिमा उपचारसँगै पुस्तक तयार गर्न सफल भएकोमा बधाई दिए ।

पुस्तकका लेखक डा. विकास देशारले आफुले माया दिएमा दश गुणा बढी भएर फिर्ता हुने विषयबाट प्रभावित भएर किताब लेखेको बताए ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ३६ बजे