१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको कोञ्ज्योसोममा ल्होसारमा तीन दिन सार्वजनिक विदा



ललितखबर
२४ माघ । दक्षिण ललितपुरस्थित कोञ्ज्योसोम गाँउपालिकाले सोनाम ल्होसारको अवसर पारेर गाँउपालिकाभर तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाली पात्रो अनुसार माघ २७ गते शनिबार सोनाम ल्होसार रहेको छ । शनिबार ल्होसार परेकाले गाँउपालिकाले २५ गते र २६ गतेलाई समेत सार्वजनिक विदा दिएको हो ।
तामाङ समुदायको बाहुल्य रहेकाले यस समुदायले मनाउने महान पर्व भएकाले दुई दिन विदा थप गरिएको गाँउपालिकाका अध्यक्ष कृष्णमान लामाले बताएका छन् ।
यही माघ २० गते देशभरका तामाङ समुदायले नयाँ बर्ष २८६० छुयोयी(तावार)सँगै विरालो बर्षलाई विदाई गरी गरुड बर्षलाई स्वागत गर्दै मनाउदै छन् ।
कोञ्ज्योसोम गाँउपालिका देशभरमा एउटा मात्रै तामाङ संस्कृतीको प्रतिनिधित्व गर्ने नाम रहेको गाँउपालिका हो । गाँउपालिकाका अनुसार यस पालिका क्षेत्रमा ८० प्रतिशतभन्दा धेरै तामाङ समुदाय बसोबास गर्छन् ।
दक्षिण ललितपुरको भारदेउ, चौघरे, नल्लु, दलचोकी र शंखु गाँउ कोञ्ज्योसोम गाँउपालिकामा पर्छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ४५ बजे