१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको मगरगाँउ विद्यालयले डाक्टर इञ्जिनियरदेखि पत्रकारसम्म सम्मान गर्ने



ललितखबर
१२ फागुन । दक्षिण ललितपुरको मगरगाँउ माध्यामिक विद्यालयले स्वर्ण महोत्सवको सन्दर्भ पारेर विद्यालयमा अध्ययन गरेर डाक्टर, इञ्जिनियर,वकिल पाइलटदेखि पत्रकारसम्म बन्न सफल पुर्वविद्यार्थीलाई सम्मान गर्ने भएको छ ।
विद्यालयका अनुसार कम्तिमा एक शैक्षिक सत्र अध्ययन गरेर डाक्टर, इञ्जिनियर,वकील,पाइलट,नेपाल नेपाल सरकार र गैरसरकारी,नीजि वा वित्तीय संस्थाको अधिकृत स्तर वा सो भन्दामाथि पद धारण गरेर काम गरेका पुर्वविद्यार्थीलाई सम्मान गर्ने भएको हो ।
विद्यालयले राष्ट्रिय स्तरको संचारमाध्यम र कलाकारिता क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई समेत सम्मान गर्ने योजना बनाएको छ । यसका लागि बायोडाटा उपलव्ध गराउन विद्यालयले आग्रह गरेको छ ।
विद्यालयले सम्मानित व्यक्तीत्वहरु नछुटुन् भन्ने उद्देश्यले आवश्यक काजगात सहित निवेदन दिन आग्रहर गरेको छ । यही फागुन १८ गतेदेखि विद्यालयको स्वर्ण महोत्सव हुने भएको छ ।

कार्यक्रमलाई पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिले उद्घाटन गर्ने कार्यक्रम तय भएको कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष कृष्णमान लामाले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : १७ बजे