३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


मगरगाँउ विद्यालयको स्वर्ण महोत्सवमा एमाले, काँग्रस र माओवादीका तीन नेता सहभागी



१८ माघ । दक्षिण ललितपुरको कोञ्ञ्ज्योसोम गाँउपालिका ५ शंखुमा रहेको मगरगाँउ माध्यामिक विद्यालयले आजदेखि सुरु हुने स्वर्ण महोत्सवमा विशिष्ट पाहुनाको रुपमा एमाले, काँग्रस र माओवादीका तीन नेता बोलाइएको छ ।
आज महोत्सवको शुभारम्भ गर्न विद्यालयमा पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलि सहभागी हुँदैछन । भने भोलि शनिबार नेकपा माओवादीकी नेता तथा वागमती प्रदेशको सामाजिक विकाशमन्त्री कुमारी मोक्तानको पालो रहेको छ । आइतबार नेपाली काँग्रेसका नेता तथा संघीय सासंद उदयशम्सेर राणाले स्वर्ण महोत्सवको समापन गर्नेछन् ।
तीन दिन तीन ठूला पार्टीले कार्यक्रममा सहभागीता जनाउने भए पनि रास्वपा र राप्रपाका नेता सहभागी हुने वा नहुने सम्बन्धमा केही खुलेको छैन ।
महोत्सवको क्रममा विविध सास्कृतिक कार्यक्रम समेत हुनेछ । गायक पशुपति शर्मा,अस्मिता डल्लाकोटी,सुप्रिम मल्ल,इन्दिरा गोले, विश्व दोङ सहभागी भएर मनोरञ्जन दिनेछन् ।
कार्यक्रममा सुवास महत,सानु केसी श्रृजना घिमिरे,सुमन घिसिङ,सविना दाहाल,सरस्वती महर्जन,सम्झना दाहाल, निर्मला घिसिङलगायत कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ५० बजे