१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको महाँकालमा ‘गाँउ प्रहरी’ नियुक्ति प्रकृया : १३ जनाको मात्रै आवेदन



२१ फागुन । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले ‘गाँउ प्रहरी’ करारमा नियुक्तिका लागि १३ जना मात्रै उम्मेदवारले आवेदन दिएका छन् ।
गाँउपालिका अध्यक्ष गणेश केसीले महाँकाल गाँउपालिकामा ४ जना ‘गाँउ प्रहरी’ नियुक्ती प्रकृया सुरु गरिएको ललितखबरलाई जानकारी दिएका छन् ।
राजपत्राकिंत चौथो श्रेणीको गाँउ प्रहरीका लागि अध्यक्ष केसीले आन्तरिक श्रोतबाट प्रहरीलाई तलव दिने तयारी गरिएको बताएका छन् ।
उनका अनुसार एक जना महिला र ३ जना गाँउ प्रहरी नियुक्त गरिनेछ । तत्कालका लागि चार जना प्रहरी नियुक्त गरिने आवश्यक परे पछि थप गरिने गाँउपालिकाको योजना छ । तर महिलाको भने आवेदन आएको छैन ।
पालिका अध्यक्षका अनुसार गाँउप्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०८० अनुसार गाँउप्रहरी नियुक्त गर्न लागिएको हो ।
आधारभूत तह पुरा गरेका १८ बषदेखि ४५ बर्षभित्रका उम्मेदवारले आवेदन दिन गाँउपालिकाले सूचना प्रकाशन गरेको थियो । शुल्क ३ सय तोकेर यही फागुन १७ गतेसम्म आवेदन लिइएको थियो ।

युवाहरु विदेश पलायन हुने क्रम बढेपछि गाँउघरमा बस्ने युवाहरुको कमी भएको कारण थोरै आवेदन परेको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : ५७ बजे