१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर फर्सीडोलमा ट्रक दुर्घटना : चालकको मृत्यु



२३ फागुन । ललितपुर फर्सीडोलस्थित इटा भट्टामा ट्रक दुर्घटनापछि एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा।२ क ६२४ नम्बरको मिनि ट्रक पल्टिएर मंगलबार साँझ दुर्घटना भएको थियो ।

 

दुर्घटनापछि चालक महानगरपालिका २२ फर्सडोल बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा उनको स्टार अस्पताल सानेपामा लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ४० बजे