१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


चापागाँउ बजार साँझ आठ बजे नै बन्द



ललितखबर
२३ फागुन । ललितपुरको चापागाँउ बजार अब साँझको ८ बजेसम्म बन्द गर्नु पर्ने भएको छ । गोदावरी १० वडा कार्यालयले सूचना प्रकाशित गरेर साँझ ८ बजेभित्र बजारका पसल बन्द गर्न आदेश दिएको छ ।
वडाध्यक्ष शेखर न्यौपानेले मदिरा पसल मध्यरातसम्म खुल्ने हुँदा शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखेर बजार बन्द गर्न लागिएको बताए । न्यौपानेले भने, हामीले महानगरिय प्रहरी बृत्त चापागाँउलाई आजै पत्र पठाइसकेका छौं । आजैबाट लागू हुन्छ ।
वडाको कार्यक्षेत्र चापागाँउको प्याङगाँउ, टाहाखेल, न्यौपानेगाँउलगायत रहेको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ५२ बजे