१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


भैसेपाटीबाट लागू औषध ओसार्ने भ्यानसहित युवक पक्राउ



२६ फागुन । ललितपुरको भैसेपाटीबाट लागू औषध ओसार्न प्रयोग भएको पिकअप भ्यानसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ नख्खुदोबाटो खरिबोटबाट पालिका २५ भैसिपाटी बस्ने ३२ वर्षीय सुरेश पण्डित पिकअप भ्यानसहित पक्राउ परेका हुन् ।
ललितपुर भैसिपाटीदेखि जावलाखेलतर्फ जाँदै गरेको बा.४ च ८८७४ नम्बरको पिकअप भ्यानलाई जाँच गर्न क्रममा उक्त लागूऔषध फेला पारी चालक क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनको गाडीबाट नियन्त्रित लागूऔषध नुर्फ्रिरन १ सय ४३ एम्पुल, डाईजेपाम १ सय ५२ एम्पुल र फेनारगन १ सय २८ एम्पुलसहित पक्राउ गरिएको प्रहरीको भनाई छ
प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले क्षेत्रीलाई बिहीबार साँझ गाडीबाट लागू औषध ओसार्दै गरेको अवस्थामा फेला पारेपछि अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १ : ४८ बजे