१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी नगरपालिकाको भिडियोग्राफरले पाए पत्रकारिता पुरस्कार



ललितखबर
२८ फागुन । गोदावरी नगरपालिकामा नियमित भिडियो खिच्दै आएका बलराम थापालाई नगरपालिकाले पत्रकारिता पुरस्कार दिएको छ ।
आठौं नगर दिवसको अवसरमा पुरस्कार दिइएको हो । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगद पुरस्कार दिएका थिए भने काँग्रेस महामन्त्री गगन थापाले प्रमाण पत्र हस्तान्तरण गरे ।
उनले एविसि टेलिभिजनका लागि समय खरिद गरेर कार्यक्रम प्रशारण गर्ने गरेको ललितखबरसँग बताए । यद्यपी एविसी टेलिभिजन श्रोतले थापा टेलिभिजनमा कार्यरत पत्रकार नभएको जानकारी दिएको छ । टेलिभिजनका अनुसार समय खरिद गरेर कार्यक्रम प्रशारण गरेको हुनसक्ने जानकारी दिएको छ ।
नगरपालिकाको पुरस्कार समारोहमा उनी पारिश्रमिक लिएर भिडियो खिच्ने काम गरिरहेका थिए । उनको नेतृत्वमा नगरपालिकाको भिडियो प्रत्यक्ष प्रशारण हुने गरेको नगरपालिकाको कर्मचारीले बताए ।
नयाँ पत्रिकाका पत्रकार घिमिरे पनि पुरस्कृत
नगरपालिकाले नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार शिवहरि घिमिरेलाई पनि पुरस्कृत गरेको छ । अर्घाखाची घर भई राजधानी आएर पत्रकारिता गर्दै आएका घिमिरे नयाँ पत्रिकामा ललितपुरका विविध विषयमा रिर्पोटिङ गर्दै आइरहेका छन् ।
नगरपालिकाले स्थानीय क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई भने प्रोत्साहन गरेको पाइदैन । नगरपालिकामा सूचनाको हक प्रयोग गरेर सूचना माग्दा समेत पत्रकारहरुलाई सूचना दिने गरेको छैन ।
नगरपालिका क्षेत्रको पत्रकारितामा योगदान दिने पत्रकारहरुलाई निरुत्साहित गर्न नगरपालिकाको भिडियो खिच्ने भिडियोग्राफरलाई पुरस्कृत गरिएको स्थानीय पत्रकारहरु बताउछन् ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ४९ बजे