१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहार भारत सरकारकोे अनुदान सहयोगमा पुर्ननिर्माण



काठमाडौ
९ चैत । ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनःनिर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको हो ।
सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका हुन् । समारोहमा मन्त्री बुढाले भूकम्पपछिको पुनःनिर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे ।
राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।
समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इन्टेकका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनःनिर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो । विस २०७२को विनाशकारी भूकम्पले क्षति पु¥याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब रु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो ।
सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो । भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ सांस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्घता जनाएको छ ।
यसका अतिरिक्त भूकम्पपछिको पुनःनिर्माण अनुदान सहयोगअन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा १० जिल्लामा एक सय ३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ३५ बजे