१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


नख्खु कारागारबाट १३ जना विद्यार्थीले एसइइ परीक्षा दिने



ललितपुर ,नवराज सञ्जेल ( आरजे)
१३ चैत्र । ललितपुरको नख्खु कारागारबाट १३ जना विद्यार्थीले एसइइ परिक्षा दिने भएका छन् । ललितपुर जिल्लाको टिका विद्याश्रम मावि परीक्षा केन्द्रबाट उनीहरुले परिक्षा दिने भएका हुन् ।
दक्षिण ललितपुर जिल्लाका तीन गाउँपालिकाहरू महाङकाल, कोन्जोसोम र कालीदेवी प्युटारका विद्यार्थीहरुले विद्यालयबाटै एसइइ दिन पाउने भएका छन् । यस क्षेत्रका ३७५ विद्यार्थी एसइईमा सहभागी हुनेछन् ।
होम सेन्टर ललितपुरमा एसइई केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । चैत १५ गतेदेखि सुरु हुने एसइइको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निमप्रकाश सिं राठौरले जानकारी दिए ।
ललितपुरका ४० वटा केन्द्रमार्फत करिब १० हजार विद्यार्थीले एसइई परीक्षा दिँदैछन् ।
केन्द्रध्यक्षलाई अभिमुखीकरण दिँदै परीक्षापूर्वका कार्यसम्पन्न भएकाले इमानदारिताका साथ केन्द्रमा पुगेर काम गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले निर्देशन दिए । ललितपुर जिल्लाले परीक्षा सम्पन्न गर्न इतिहासदेखि राम्रो काम गर्दै आएकाले यसपटक पनि उक्त कार्यलाई निरन्तरता दिन इकाई प्रमुख निमप्रकाश सिंले सुझाए । साथै उनले परीक्षा भनेको एउटा प्रतिभा देखाउने ठाउँ भएकाले डराउने वातावरण होइन प्रतिभा देखाउने ठाउँ बनाउन विद्यार्थीहरुलाई उत्प्रेरणा दिनुपर्ने पनि विचार व्यक्त गरे ।
यही चैत्र १५ गतेदेखि २०८० साल चैत्र २७ गते मंगलबारसम्म सञ्चालन हुनेछ । परीक्षामा निरीक्षकलाई कम सुविधा भएको केन्द्राध्यक्षहरुको गुनासो रहेको छ । साथै परीक्षाको कपी परीक्षणमा पनि पारिश्रमिक कम भएको बताइएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : २६ बजे