२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरका पत्रकारको नयाँ सदस्यता र नविकरण गर्न बञ्चित गराइएकोप्रति प्रेस युनियनको आपत्ती



ललितखबर
२३ चैत्र । ललितपुरमा क्रियाशिल रहेका पत्रकारको पत्रकार महासंघ, ललितपुरको नयाँ सदस्यता नदिइएको र नविकरण छुटाइएकोप्रति प्रेस युनियन ललितपुरले असन्तुष्टि व्यक्त गरेको छ ।
सदस्यता विवाद टुंगो नलगाई अधिवेशन गर्ने तयारी सुरु गरेपछि विज्ञप्ती प्रकाशन गरेर युनियनले आपत्ती जनाएको छ ।
युनियनका अध्यक्ष केदारनाथ दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लाबाट सिफरिस भएका कतिपय सदस्यहरुको विषयमा उजुरी परेको र सो निरुपण नगरी अधिवेशन आह्वान भए विरोधका कार्यक्रम ल्याउने उल्येख गरेका छन् ।
युनियनले विवाद आपसी सहमतीमा टुंगो नलगाएको दबाबका कार्यक्रम घोषणा गर्ने जानकारी दिएको छ ।
पछिल्लो समय महासंघको शाखाले एकलौटी गैरपत्रकारहरुको नविकरण गरेर माथि पठाएपछि पत्रकार संघ संगठनहरुले विरोध गरेका छन् । सिफारिस गैरपत्रकार सदस्यहरुको विषयमा उजुरी परेको छ ।
महासंघले ललितपुरमै जन्मेर लामो समयदेखि पत्रकारिता गर्दै आएका क्रियाशित पत्रकारहरुको सदस्यतामा विभिन्न झमेला देखाएर बञ्चित गरेको छ । तर ललितपुरभन्दा बाहिर जिल्लाका पत्रकारहरुको नबिकरण गरेकोमा स्थानीय पत्रकारहरु विरोधमा छन् । जिल्लाका पत्रकारहरुलाई अन्य शाखाबाट सदस्यता स्थानान्तरण गर्न समेत जिल्ला शाखादेखि विभिन्न बाहना देखाएर रोकेको छ ।
महासंघको एकलौटी निर्णय र हर्कतप्रति जिल्लाका पत्रकारहरु विरोधमा छन् । पत्रकार महासंघ ललितपुर शाखामा पत्रकारिता नगर्ने अधिकाशं व्यक्तिहरु पत्रकार भन्दै लाजै पचाएर हिड्ने गरेको पत्रकारबृत्तमा चर्चा छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ०२ बजे