२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


एमाले ललितपुरको अधिवेशन इमाडोलमा जारी



ललितपुर
२४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।

यही चैत २५ गतेसम्म सञ्चालन हुने अधिवेशनले एक सय २० सदयीय नयाँ कार्यसमिति चयन गर्ने कार्यदिशा रहेको छ ।
बन्दसत्र सञ्चालनका लागि सो पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।
नेतृत्व चयनका लागि भोली आइतबार निर्णय हुनेछ । सर्वसम्मत निर्णय नभए विद्युतीय मेसिनबाट मतदानको तयारी गरिएको पार्टीले जानकारी दिएको छ ।
पछिल्लो समय जिल्लाकमिटी अध्यक्ष पुरुषोत्तम आचार्यसहित तीन जना नेताले अध्यक्षमा उम्मेदवारी दिने योजना सार्वजनिक गरेका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ५३ बजे