१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर ठेचोबाट आठ जना जुवाडे पक्राउ



ललितपुर
२८ चैत । ललितपुर ठेचोबाट आठ जना जुवाडे पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका–१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : ०१ बजे