१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर महानगर वातावरण प्रहरी नियुक्त गर्दै



ललितपुर
२९ चैत । ललितपुर महानगरपालिकाले वातावरण प्रहरी नियुक्त गर्ने भएको छ ।
ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको हो।
सो तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी वातावरण प्रहरीको भुमिका निभाउन आग्रह गरेका छन् ।
पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए ।
तीनदिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यवस्थापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ५४ बजे