६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको ग्वार्कोमा आगलागीमा परेका पाँचमध्ये दुई वालिकाको मृत्यु



ललितपुर
२४ वैशाख । आइतबार अपरान्ह ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागीपछि घाइते ५ जनामध्ये दुई बालिकाको मृत्यु भएको छ ।
ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार आगलागीमा परेर उपचाररत घाइते ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको हो ।
आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल राखिएको टहरामा आगलागी भएको थियो ।
अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार आगलागीपछि घाइते ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ ।
मृतक प्रिया र एलिसा दुवै घाइते सञ्जनका छोरीहरु हुन् । घाइते सञ्जय गिरीको किष्ट अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनकी पत्नी रुपाको पनि स्वास्थ्य अवस्था जटिल छ भने १५ वर्षका छोरा नित गिरीको स्वास्थ्य सुधारोन्मुख छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ३६ बजे