११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बडिखेलको अग्नि पिडितलाई युवासंघद्वारा शैक्षिक राहत प्रदान



२ जेठ । ललितपुरको बडिखेल जंगलमा आगो निभाउने क्रममा जलेर मृत्यु भएका शंकर पहरी र रमेश पहरीको छोरा छोरीलाई राष्ट्रिय युवा संघर्ले राहत प्रदान गरेको छ ।
नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभा गृह काठमाण्डौंमा आयोजित बिशेष कार्यक्रममा गत २०८१ बैशाख १८ गते तपेश्वरको जंगलमा डढेलो नियन्त्रणको क्रममा मृत्यु भएका ललितपुरको बडिखेल निवासी शंकर पहरी र रमेश पहरीको छोरा,छोरीहरुलाई जनही रु. १०,००० का दरले रू ४०,००० रकम अध्ययन कार्यमा सहयोग पुगोस् भनि प्रदान गरिएको छ।
राहत पाउनेमा आगलागीबाट मृतक शंकर पहरीको ३ छोरीहरु १४ बर्षको सन्ध्या पहरी, १२ बर्षको सृष्टी पहरी र ७ बर्षको दृष्टी पहरी रहेका छन् भने अर्का मृतक रमेश पहरी को १ छोरा ४ बर्षको रिदित पहरी रहेका छन्।
राष्ट्रिय युवासंघ नेपालद्वारा केही समय अगाडी सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताबाट बचत रकमको ५ प्रतिशत सामाजिक सेवामा लगाउने गरेको निर्णय बमोजिम आफ्नो स्थापना दिवसको अवसरमा उक्त रकम प्रदान गरिएको संघको केन्द्रिय सचिबालय सदस्य चिन लामाले बताए ।
संघले यस अघि पनि भुकम्प, आगलागी, बाढी पहिरो, कोभिड, डेंगी लगायत प्राकृतिक तथा दैबि प्रकोपमा पिडितहरुलाई राहत तथा उद्धार गर्दै आईरहेको लामाले बताए ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा संघको केन्द्रिय अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका १२ जना पुर्व अध्यक्षहरु समेत सम्मानित हुनु भएका छन् ।
साथै कार्यक्रमकै क्रममा युवा बर्ष उत्कृष्ट प्रतिभा पुरस्कारबाट मानव सेवा आश्रामका सुमी मानब र क्रिकेटका राष्ट्रिय खेलाडी दिपेन्द्र सिं ऐरीलाई समेत जनही ५१ हजारका दरले सम्मान गरेको छ

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : ३७ बजे