९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ झ्यालुण्टार रंगशाला हिलाम्मे : मेयर कप फुटवल खेल नै नखेली खेलाडी फर्किए, खेल रद्द



ललितखबर
चापागाँउ, ललितपुर । ललितपुरको चापागाँउ झ्यालुण्टार रंगशालामा हिलाम्मे भएपछि गोदावरी अन्तरपालिका मेयर कप फुटवल प्रतियोगिता खेल्न आएका खेलाडीहरु पटक पटक खेल नै नखेली फर्केका छन् ।
गत वैशाख २७ गते सेमिफाइल प्रतियोगिता राखिएको थियो । भरिले मैदान हिलाम्मे भएपछि नगरपालिकाले जेठ २ गते बुधबार र जेठ ५ गते शनिबार फाइनल खेल राखेको थियो ।
बुधबार दिउँसो पानी पर्दा मैदान हिलाम्मे भएपछि पुनः प्रतियोगिता रद्द गरिएको छ ।
प्रतियोगिता मैदान राम्रो नभएको भन्दै अफिसियल्सले खेल खेल्न नमानेपछि नगरपालिकाले ललितपुर महानगरपालिका ५ लगनखेलस्थित बुद्धि विकाश मण्डलको मैदानमा खेल खेलाउने भएको छ । गोदावरी नगरपालिकाका खेलकुद समिती संयोजक निरोज बज्राचार्यले अफिसियल्सले झ्यालुण्टार मैदानमा खेल खेल्न अस्वीकार गरेपछि लगनखेलमा खेल खेलाउन लागिएको ललितखबरलाई जानकारी दिएका छन् । संमिती संयोजक बज्राचार्यले भने, ‘फाइनल खेल हामी झ्यालुण्टारमै खेलाउने तयारीमा छौं ।’
रंगशाला पुरा नभई हत्तार हत्तार गोदावरी नगरपालिकाले अन्तरपालिका मेयरकप फुटवल प्रतियोगिता आयोजना गरेको थियो ।

उनका अनुसार पहिलो सेमीफाइनलमा चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच बिहान १० बजे खेल हुदैछ । दोश्रो सेमीफाइनल खेलमा दिउँसो १ बजे मध्यपुर थिमी नगरपालिका र काठमाडौं महानगरपालिकाबीच खेल हुनेछ ।

ललितपुरको गोदावरी नगरपालिका–१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागी भएका थिए ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता मैदान राम्रो नहुँदा सरेको हो । नगरपालिका श्रोतका अनुसार मेयर गजेन्द्र महर्जनको अपरिपक्क निर्णयका कारण प्रतियोगिताको खर्च बढ्ने भएको छ ।

सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको यो रंगशालाको जग्गा नगरपालिका मातहत ल्याइएको छैन । मन्त्रीपरिषदको निर्णयपछि मात्रै सार्वजनिक जग्गा स्थानीय निकायले प्रयोग गर्न पाउने प्रावधान छ । कुनै पनि ठूला विकास निर्माणका लागि आईईई गर्नुपर्ने प्रावधान समेत छ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५–२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
खेलमैदान धुलाम्मे हुँदा धेरै खेलाडी घाइते भएको भन्दै सहभागी टिमले गुनासो गरेका थिए । रातो माटो रहेको खेल मैदान क्षेत्रमा खेल खेल्दा चिप्लेर लड्ने र खेलाडीहरु गम्भिर घाइते हुने भन्दै अफिसियल्सले खेल खेलाउन अस्वीकार गरेका हुन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ३ : ३६ बजे