२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर प्रशासनमा राष्ट्रिय परिचय पत्र लिनेको भीड, अस्थायी स्टेशन थपिए



चापागाँउ
४ असार । बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता लिन सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।
परिचय पत्र बनाउन भीड बढेपछि जिल्लाका सबै पालिकामा प्रशासन कार्यालयले अस्थायी स्टेशन खडा गरेर आजदेखि सेवा सुरु गरेको छ ।
सहायक प्रजिअ कल्पना घिमिरे नेपालका अनुसार स्थानीय निकायसँगको सहकार्यमा वडा वडासम्म सेवा विस्तार गर्ने व्यवस्था मिलाइएको छ ।
अनलाइन फारम समेत कार्यालय परिसरबाटै भर्ने व्यवस्था गरिएको उनको भनाई छ । प्रशासनले विरामी अशक्त र अपाङ्गता भएका सेवाग्राहीले लाइन बस्न नपर्ने र आवश्यकत्ता अनुसार अस्थायी स्टेशन बृद्धि गरिएको समेत उनले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।