१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका ५ वटा पालिकाको बजेट सार्वजनिक, गोदावरी नगरको भने अन्यौल



ललितखबर
१० असार । ललितपुरका छ वटै पालिकाले आज बजेट सार्वजनिक गरेका छन् ।
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पाटनमा आज एक विषेश कार्यक्रम आयोजना गरेर आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि चालु आर्थिक वर्षको लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत सार्वजनिक गरेकी छिन् ।
महालक्ष्मी नगरपालिकाले गतशुक्रबार नै बजेट सार्वजनिक गरेको छ । उपमेयर लक्ष्मी महर्जनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि चालु आर्थिक वर्षको लागि २ अर्व ११ बराबरको बजेट सार्वजनिक गरेको हो ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकाको बजेटको आकार भने ४९ करोड ४१ लाख २० रहेको छ ।

गाँउपालिकाका उपप्रमुख भक्तबहादुर दर्लामी मगरले आज गाँउपालिकामा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पालिका कार्यालय भट्टेडाँडा छपेलीमा एक कार्यक्रमकाबीच बजेट सार्वजनिक गरेका छन् ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको बजेट ४४ करोड ५१ लाख ५२ हजार रहेको छ । आज पालिकामा १०१ बर्षिय जेष्ट सदस्य ठूली सिलवालको प्रमुख अतिथ्यतामा बजेट सार्जजनिक गरिएको हो ।
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले आर्थिक बर्ष २०८१÷८२ का लािग ४६ करोड ४१ लाख ७ हजार ३ सय ५० बराबरको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपप्रमुख डोल्मा माया गोलेले बजेट सार्वजनिक गरेकी हुन् ।
गाउँ सभाको १४ औँ अधिवेशनमा आर्थिक ऐन ,विनियोजित ऐन, महाङ्काल प्रज्ञा प्रतिष्ठान नियमावलीलगायत केही संसोधित ऐनहरू सर्वसम्मतले पास गरेको गाँउपालिकाले जानकारी दिएको छ ।
ललितपुरको गोदावरी नगरपालिकाको बजेट भने अहिलेसम्म सार्वजनिक भएको छैन । नगरपालिकका मेयर गजेन्द्र महर्जन र उपमेयर मुनाअधिकारीलगायत १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै निलम्बनमा परेपछि बजेट सार्वजनिक सम्बन्धमा अन्यौल बढेको हो । गोदावरी नगरका ३ नम्बर वडाध्यक्ष तथा कार्यपालिका सदस्य सानुराजा घिमिरेले आज बजेट सार्वजनिक हुन नसकेको ललितखबरलाई बताए । वडाध्यक्ष घिमिरेले भने, आज बजेट सार्वजनिक भएन ।कहिले सार्वजनिक हुन्छ भन्ने टुंगो नै छैन ।
नगरपालिकाको कार्यपालिका बैठकले कार्यपालिकाका जेष्ट सदस्य नीलबहादुर देशारलाई कायममुकायम प्रमुखको जिम्मेवारी दिनेगरि तालुक निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगसँग राय माग्दै पत्र लेखेको छ । हालसम्म कायममुकायम मेयरको जिम्मेवारी दिने सम्बन्धमा निर्णय नहुँदा बजेट सार्वजनिक गर्न समस्या गरेको जनप्रतिनिधिहरु बताउछन् ।

 

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ४ : १४ बजे