३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना



४ साउन । ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ ।
यही साउन ११ देखि २६ सम्म आयोजना हुने महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायत रहने पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने बताए । साउन १८ , १९ २५ र २६ गते का दिनमा मात्र महोत्सव मेलास्थलमा प्रवेश शुल्क लाग्ने अन्य दिनहरूमा निःशुल्क प्रवेश पाइने आयोजको भनाई छ ।
आयोजक दीपक दाहालका अनुसार ललितपुरको पर्यटकीय विकास आन्तरिक व्यापार लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताए । महोत्सव अवधिभर १ लाखभन्दा धेरै दर्शकले अवलोकन तथा मनोरञ्जन लिने अनुमान गरिएको उनले बताए ।
महोत्सव कला सांस्कृतिक संरक्षण ललितपुर र संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लि. को आयोजनामा हुन लागेको हो । कार्यक्रमको सहआयोजक ललितपुर महानगरपालिका वडा नं २३ र २४ रहेको छ ।
महोत्सवको उद्देश्य सम्पदाको संरक्षण एवं प्रवर्द्धन आयोजकहरुको भनाई छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।