ललितपुर
१६ साउन । ललितपुरमा पोलियो खोप अभियानमा एक सय ८ प्रतिशत सफलता मिलेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका खोप सुपरभाइचर अधिकृत राजाराम कार्कीका अनुसार जिल्लामा ४८ हजार वालवालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य निर्धारण गरेकामा ५० हजार वालवालिकाहरुलाई पोलियो खोप दिइएको उनले बताएका छन् ।
महानगर र नगरपालिकामा देशका विभिन्न भूभागबाट अस्थायी बसाई सरेर आएका जनसंख्याका आधारमा धेरै वालवालिकालाई पोलियो खोप दिइएको उनले तर्क गरे ।
उनले भने, ‘दक्षिण ललितपुरका तीन गाँउपालिकामा लक्ष्यभन्दा थोरै सफलता पाइएको भए पनि उपत्यकामा खोप अभियान राम्रो भएको अनुभव सुनाएका छन् ।’
ललितपुरमा यही साउन ९ गतेबाट १४ गतेसम्म जारी खोलियो खोप अभियानमा चलाइएको थियो ।
ढलमा पोलियो जिवाणु देखिएपछि १४ दिनभित्र द्रुतगतिमा अभियान सम्पन्न गरिएको थियो ।
१६ श्रावण २०८१, बुधबार
36
Shares
प्रतिक्रिया