२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको मंगलबजारबाट चाँदीको भाँडाकुडा चोरी गर्ने युवक पक्राउ



सुनसरी
२४ साउन । ललितपुरको मंगलबजारबाट चाँदीको भाँडाकुडा चोरी गर्ने युवक पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ गौरीगाउँ बस्ने २६ वर्षीय प्रबिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिगत १ महिनादेखि उक्त पसलमा काम गर्दै आएका राईले गत शनिबार चाँदी र चाँदीले बनेका भाँडाकुँडा चोरी गरी फरार भएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उनक घरबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको ४ किलो १ सय ८७ ग्राम २६ मिलिग्राम चाँदी र चाँदीले बनेका भाँडाकुँडा समेत बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।