२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको मंगलबजारबाट चाँदीको भाँडाकुडा चोरी गर्ने युवक पक्राउ



सुनसरी
२४ साउन । ललितपुरको मंगलबजारबाट चाँदीको भाँडाकुडा चोरी गर्ने युवक पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ गौरीगाउँ बस्ने २६ वर्षीय प्रबिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिगत १ महिनादेखि उक्त पसलमा काम गर्दै आएका राईले गत शनिबार चाँदी र चाँदीले बनेका भाँडाकुँडा चोरी गरी फरार भएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उनक घरबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको ४ किलो १ सय ८७ ग्राम २६ मिलिग्राम चाँदी र चाँदीले बनेका भाँडाकुँडा समेत बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।