५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको देगु तलेजु मन्दिर पुनःनिर्माण सम्पन्न



मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ

ललितपुर
२३ भदौं । पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत यो मन्दिर नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको थियो ।
भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिइन् ।
भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भनिन्, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।”

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले रु १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छभने केही निर्माणाधीन छन् ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।