३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘राम्रो काम गरेको’भन्दै मेयर चिरीबाबुले गरे आफ्नै प्रशंसा



ललितपुर
२५ भदौं । ललितपुरमा नीजि अस्पतालको प्रभाव बढ्दै गएको छ । यहाँ अल्का अस्पताल,सुमेरु अस्पताल, मेगालगायत अस्पताल खुलेको केही समयमै भीड बढेको देखिन्छ भने सरकारी अस्पतालको प्रभाव घट्दै गएको छ ।
यद्यपी ललितपुर महानगरका मेयर चिरीबाबु मर्हजन भने नीजि क्षेत्रको प्रभाव बढिरहेका बेला सबै काम आफ्नो नेतृत्वको महानगरले गरेको जसरी ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्ने भाषणबाजी गरेका छन् ।
ललितपुर महानगर १४ स्थित ताल्चिखेलमा आज अर्को नीजि अस्पताल खुलेको छ, स्वस्तिक अस्पताल ।
सोही अस्पतालकोे उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको भन्दै आफ्नै तारिफ गरेका छन् ।
नीजि क्षेत्रले गरेको सफलताको जस लिदै मेयर चिरीबाबुले भने,“ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर नभएको र देशभरकै उत्कृष्ट स्थानीय तहका रुपमा घोषित गरेको छ ।’

उनले नीजि अस्पतालले ललितपुरमा मा उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे ।

उपमेयर मञ्जली शाक्य बज्राचार्यले अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहले पनि नीजि अस्पतालको प्रशंशा र पक्षपोषणमा समय खर्चिएका थिए । सरकारी तहबाट समुदायस्तरमा स्वस्थ्य सेवा सहज रुपमा पु–याउन चुनौती भएको भन्दै आफूहरुले राम्रो काम नगरेको स्वीकार गरे । उनले नीजि अस्पताल खुल्नुलाई महत्वपूर्ण भएको बताए ।
ललितपुर महानगरमा सरकारी अस्पतालको रुपमा पाटन अस्पताल संचालनमा रहे पनि गुणस्तरिय सेवा दिन सकेको छैन । ललितपुर महानगरले नगरबासीको स्वास्थ्यका लागि पर्याप्त लगानी नगरेको नगरबासीको गुनासो छ ।

१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेको र आकस्मिक, बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ४० बजे