२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बृत्तचित्र ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड प्रर्दशनी



१७ असोज । “ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड“को पदयात्रा सम्बन्धि बृत्तचित्र शनिबार बागबजार स्थित एक सिनेमा हलमा प्रदर्शन गरिएको छ ।
त्रिभुवन बिश्वबिद्धालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप–प्रा. डा. राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी मा बिका शिक्षक लिलाबहादुर बिश्वकर्माले गत बर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा पार गरेका थिए।
छोटो समयमै यात्रा पार गर्न,पदयात्रा गर्न चाहाने पदयात्रीलाइ आकर्षित गर्न, सो रुटमा पर्ने स्थानियको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले पदयात्रा गरेका थिए ।
वृतचित्र निर्माता राजन बिनायक पासा,उपसभामुख इन्दिरा राना मगर, पर्वतारोही माया गुरुङ , ग्रामीण पर्यटनविद प्रा डा प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजा, पर्यटनविद भरत प्रशाद बडाललगायत पर्यटन व्यावसायी तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौ भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागि प्रशंसा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गरिन् । पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम ब्याक्तीले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसंग संबंधित काम गर्दा पर्यटन बिज्ञसंग मिलेर काम गरे फलदायी हुने बिचार राखे । प्रा डा प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने वताउदै यस्ता वृत्तचित्रले नयापुस्तामा आकर्षण बढ्ने बताए । कार्यक्रममा पदयात्री लिला बहादुर बिश्वकर्माले पदयात्राको उदेश्यमाथी प्रकाश पारेको थियो । पदयात्री तथा बृतचित्र निर्माता डा राजन बिनायक पासाले आगामी दिनमा पनि यस्तै कामलाइ निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : १७ बजे