२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका ४६ बाढीपिडित र पाँच वेपत्ता परिवारलाई २५ हजार आर्थिक सहयोग हस्तान्तरण



चापागाँउ
१३ कातिक । ललितपुरका ४६ बाढीपिडित र बाढीपछि वेपत्ता पाँच परिवारलाई २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाली काँग्रेसद्वारा ललितपुरको चापागाँउमा आयोजित कार्यक्रममा आज सभापति शेर बहादुर देउवाले सहयोग रकम पिडितलाई हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेस ललितपुरले बाढिपहिरो पीडितहरुका लागि संकलन गरेको २ लाख २७ हजार पाँच सय पाँच रुपैयाँ बागमती गाउँपालिका आश्राङका घर बगेका सुकुम्बासीहरुका लागि प्रदान गरेको छ । आश्राङको १ हजार पाँच सय रोपनीभन्दा बढि खेत र धानबालीमा क्षति पु¥याएको बताइएको छ ।
“सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश“ भन्ने नाराका साथ पूर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोगमा सो सहयोग रकम वितरण गरिएको पार्टीले जानकारी दिएको छ ।
सहयोग रकम हस्तान्तरणपछि सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपदमा परेकाहरुलाइ सहयोग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्ने बताए ।
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफ्नो ललितपुरसंग भावनात्मक रुपले जोडिएको बताउदै २०४८ सालमा यहीँ डेरामा बस्दाबस्दै चुनाव लडेको स्मरण गरे । उनले भने,‘त्यसैले विपदको समयमा यो ठाउँमा सहयोग गर्नुपर्छ भन्ने लागेकोले पहल गरेको हुँ।’
ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले विपदबाट भएको मानवीय क्षति र भौतिकमा सहयोग गरेर मलम पट्टी लगाउन कांग्रेसले प्रयास गरेको बताए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।