अघिल्लो बर्ष पनि केही फाइल रोकिएका रहेछन् । मैले प्रकृया पुरा गरेर रकम भुक्तानी दिएको थिए । फाइल मेरो टेबुलमा आयो भने म काम गरिदिन्छु
ललितपुर,चापागाँउ
दुबै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल निवासी बद्रीप्रसाद दुलालले सहयोगको याचना गरेका छन् ।
मिर्गौला फेल भएर डायलाइसिस गराइरहेकासहित गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई सरकारले मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिदैँ आएको छ । तर, गाउँपालिकाले उक्त रकम दिनसमेत आलटाल गरिरहेको उनको गुनासो छ ।
दुलालका अनुसार पालिकाले यसअघि उपचारका लागि एक लाख रुपैयाँ सिफारिस गरेको थियो । त्यसपछि भने डायलाइसिसको रकम दिन आनाकानी गरेको उनी सुनाउँछन् ।
यसअघि पालिका आफैंले एक लाख रुपैयाँ बराबरको उपचार सहयोग सिफारिस गरेको थियो । त्यो रकमसहित आफ्नो भएभरको जायजेथा बेचेर उपचार गर्दा पनि पुगेन । अहिले मासिक रुपमा डायलाइसिसबापत पाउनुपर्ने रकम पनि पाएको छैन
‘यसअघि पालिका आफैंले एक लाख रुपैयाँ बराबरको उपचार सहयोग सिफारिस गरेको थियो । त्यो रकमसहित आफ्नो भएभरको जायजेथा बेचेर उपचार गर्दा पनि पुगेन । अहिले मासिक रुपमा डायलाइसिसबापत पाउनुपर्ने रकम पनि पाएको छैन,’ उनले भने ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट भने आफूले कागजात पाए तुरुन्त काम फते गरिदिने बताए । उनले प्रमुख प्रशासकीय अधिकृत विष्टले भने, ‘अघिल्लो बर्ष पनि केही फाइल रोकिएका रहेछन् । मैले प्रकृया पुरा गरेर रकम भुक्तानी दिएको थिए । फाइल मेरो टेबुलमा आयो भने म काम गरिदिन्छु ।’
दुलाल आर्थिक अभावका कारण उपचार हुन नसकेको भन्दै मनकारी दातासँग सहयोगको हात फैलाएका छन् । उपचारको क्रममा सबै जायजेथा समेत बेचिसकिएको र थप उपचारका लागि रकमको अभाव भएकाले सहयोग गरिदिन पीडित परिवारले आग्रह गरेको छ ।
कृषि पेशामा निर्भर दुलाल एक वर्षदेखि पाटन अस्पतालमा उपचाररत छन् । उपचारका क्रममा हालसम्म लाखौं रकम खर्च भइसकेको उनले दुःखेसो गरे । गत असोजमा आएको बाढीले भएको घरखेतसमेत बगाएपछि अहिले चापागाउँमा भाडाको कटेजमा बसिरहेको उनी सुनाउँछन् ।
उनका दुई भाइ छोरामध्ये एक जना हालै वैदेशिक रोजगारीका लागि दुबई पलायन भएका छन् । घरमा कमाउने एक्ला दुलाल आफैं थला परेपछि जीविकोपार्जनमा समेत समस्या भइरहेको बताउँछन् ।
‘अहिलेसम्म आठ–नौ लाख रुपैयाँ उपचारमा सकियो । अहिले डायलाइसिस गर्नसमेत पैसा छैन,’ उनले पीडा सुनाए ।
उनका अनुसार उपचारमा अझ ठूलो रकम खर्च हुने अस्पतालले बताएको छ । अहिलेसम्म जसोतसो आफूसँग भएको जायजेथा बेचेर उपचार गरिएपनि अब नसक्ने अवस्थामा पुगेको भन्दै उनले सहयोगका लागि आग्रह गरे ।
दुलालको नाममा रहेको लक्ष्मी सनराइज बैंकको खाता नम्बर ०८४०४६४०३२२०५००१ र यही खाताको क्युआर कोडमा आर्थिक सहयोग उपलब्ध गराउन पीडित परिवारले अनुरोध गरेको छ ।
प्रतिक्रिया