पुरै सडक ढाकेर फुटपाथ व्यापार गर्न दिदा सटरमा राखिएको पसलमा उपभोक्ता आउनै नसकेको भन्दै व्यावसायीहरु व्यावसाय बन्द गरेर आन्दोलित हुने तयारीमा छन्
चापागाँउ, ललितपुर
बेला बेला सानातिना काम गरेर प्रचारबजी र स्टन्ट गर्दै आएका मेयर चिरीबाबुको काम देखेर नगरवासी रुष्ट छन् ।
ललितपुरको लगनखेल–मंगलबजार र मंगलबजार–ग्वार्को सडकलगायत स्थानमा फुटपाथ व्यापार मौलाएको छ । तर महानगरपालिका नदेखे झैं गरेर बसेको छ ।
फुटपाथ व्यापारका कारण सडकमा हिड्न सर्वसाधारणलाई अप्ठ्यारो छ । लगनखेल र मंगलबजारमा सबै सडक ढाक्ने गरेर फुटपाथ व्यापार सञ्चालन हुँदा समेत नगरप्रहरी मुकदर्शक बनेर टुलुटुलु हेरेर बसेको देखिन्छ ।
महानगरपालिकाले फुटपाथका व्यापारीलाई संरक्षण गरेपछि ललितपुर तयारी पोशाक संघसम्बद्ध व्यावसायी रुष्ट बनेका छन् । एक अपिल जारी गर्दै व्यावसायीहरुले पुरै सडक ढाकेर फुटपाथ व्यापार गर्न दिदा सटरमा राखिएको पसलमा उपभोक्ता आउनै नसकेको भन्दा व्यावसाय बन्द गरेर आन्दोलित हुने तयारीमा छन् ।
स्थानीय व्यापारीहरुले आज यसै विषयमा महानगरका मेयर चिरीबाबु महर्जनलाई ध्यानाकर्षण गराउदै छन् भने समस्या समाधान नभए सबै पसलको साँचो बुझाउने तयारीमा छन् ।
घरबहाल कर घरबेटीले तिर्नुपर्नेमा महानगरले स्प्रष्ट कानूनी प्रबन्ध नगरेका कारण व्यवस्था व्यापारीले तिर्नु परेकोमा आक्रोसित छन् ।
महानगरका प्रहरीले पुल्चोक ग्वार्को सडकमा मोटरसाइकल चल्न रोक लगाएको विषयमा पनि असन्तुष्ट छन् । नगरप्रहरीले ट्राफिक प्रहरीको कामलाई हस्तक्षेप गर्दै बेला बेलामा वान वे बनाउने र ट्राफिकको का मगर्दै सवारीसाधनलाई रोक लगाउने गरेका छ । तर दिगो रुपमा नगरप्रहरीलाई नखटाउदा सडक भद्रगोल बनेको छ भने महानगरले ट्राफिक प्रहरीको काम हस्तक्षेप गरेको ठाँउमा ड्युटी गरेको देखिदैन ।
काठमाडौं महानगरले फुटपाथ व्यापारमा प्रतिबन्ध लगाएपछि ललितपुर आएर व्यापारीहरु सडकमा पसल राखेको स्थानीय व्यावसायीहरु ब्ताउछन् । महानगरले पार्किङ व्यवस्थित नगर्दा ललितपुर सडक अस्तव्यस्त छ । ललितपुर महानगरले सडकअगाडि घर निर्माण गर्दा अण्डर ग्राउण्ड पार्किङ नराखी नक्सा पास गरिदिने गरेको कारण यो समस्या आएको हो ।
प्रतिक्रिया