२७ मंसिर
ललितपुरको गोदावरी नजिकै फूलचोकी जंगलमा हराएका युवकको प्रहरीले उद्धार गरेको छ ।
ललितपुर प्रहरीका अनुसार मंगलबार गोदावरी नगरपालिका–३ फुलचोकी जङगलमा भोजपुर घर भई ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने १९ वर्षीय अनुग्रह ढकाल हराएका थिए ।
उनलाई प्रहरी प्रभाग बाँडेगाँउबाट खटिएको प्रहरी टोलीले जङ्गली झारको लहरामा अल्झिएको अवस्थामा फेला पारेको थियो । उनी फेला परेलगत्तै आफन्तलाई बोलाएर जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया