३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पत्रकार महासंघ ललितपुरमा प्रेस सेन्टरको प्यानल नै विजयी



अधिल्लो कार्यकालमा प्रेस सेन्टर नेपालबाट निर्वाचित पदाधिकारीहरुले आफ्ना संगठनबाट कागजात मिलाएर बहुसंख्यक पत्रकारितामा संलग्न नभएका व्यक्तिहरुलाई सदस्यता दिलाएको अन्य संघ संगठनहरुले आरोपको आरोप छ

चापागाँउ
ललितपुरमा पत्रकार महासंघको कार्यसमितीमा प्रेस सेन्टरको प्यानल नै विजयी भएका छन् ।
शुक्रबार ललितपुरको महालक्ष्मी स्थानस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनमा नेकपा माओवादी निकट प्रेस सेन्टर निकट पत्रकारको टिम नै विजयी भएको हो ।
निर्वाचन समितीका अनुसार पत्रकार महासंघ ललितपुरको अध्यक्षमा रामहरी कार्की विजयी भएका छन् । उनले मत २४३ सहित विजयी भए भने उनका निकतम प्रतिश्पर्धी रमेशप्रसाद तिमल्सिनाले ६३ मत पाए ।
महासंघको उपाध्यक्षमा श्याम तण्डुकार २२४मत सहित विजयी भए । उनका निकतम प्रतिश्पर्धी पुरुषोत्तम बस्नेतले ७४ मत पाएका छन् ।
महिला उपाध्यक्षमा मत सहित केशरी पुन २२२ विजयी हुँदा उनकी प्रतिश्पर्धी रमा तुलाधरले ७१ मत पाएकी छिन् । सचिवमा २३२ मत पाएर विजयी भएका छन् भने उनका प्रतिश्पर्धी दिपक प्रसाद घिमिरेले ६५ मत पाएका छन् । समावेशी तर्फ सहसचिवमा नारायण लिखा देवान २१६ मत पाएर विजयी भएका छन् । उनका प्रतिश्पर्धी अम्बर परियारले ७० मत पाएका छन् ।
कोषाध्यक्ष पदमा मत २०८ पाएर विजयी भइरहँदा प्रतिश्पर्धी अर्चना झाले ९० मत पाएकी छिन् ।
निर्वाचनमा दलीत सदस्य मनबहादुर विक १९८, आदीबासी जनजाती सदस्य रोसन लामा तामाङ्ग १८९ भएका छन् । खुला सदस्यतर्फ अनीलकुमार श्रेष्ठ २०६,कुशल बोगटी २०५ ,केशव घिमिरे १९१,पासाङ घिसिङ १९६ ,रामप्रसाद ढकाल १९०,विशु गुरुङ १९३ ,शिशिर कुमार लामा १८३ र शिवहरि घिमिरे २०६ विजयी भएका छन् ।
निर्वाचनपछि केन्द्रिय परिषद सदस्यमा अञ्जली तामाङ्ग १९८,देबीदत्त पौडेल १८८,पदम विक १८५,राजकुमार सिग्देल १७६,राजुप्रसाद नेपाल १६४,बासुदेव श्रेष्ठ१८७ र सागर देवकोटा १८७ मत पाएर विजयी भएका छन् ।
निर्वाचनका क्रममा प्रेस चौतारी नेपाल, प्रेस युनियन, समाजवादी प्रेस संगठनलगायतको गठबन्धन थियो भने अर्कोतर्फ प्रेस सेन्टरले निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए ।
अधिल्लो कार्यकालमा प्रेस सेन्टर नेपालबाट निर्वाचित पदाधिकारीहरुले आफ्ना संगठनबाट कागजात मिलाएर बहुसंख्यक पत्रकारितामा संलग्न नभएका व्यक्तिहरुलाई सदस्यता दिलाएको अन्य संघ संगठनहरुले आरोपको आरोप छ । प्रेस चौतारी, प्रेस युनियन र समाजवादी प्रेस संगठनलगायत संस्थाबाट सदस्य भएकाहरुको शुद्धिकरणका क्रममा सदस्यता नविकरण गरिएको थिएन । तर प्रेस सेन्टरबाट भने पत्रकारितामा संलग्न नभएका एक सय भन्दा धेरै सदस्य एकलौटी रुपमा कायम गरिएको जिल्लामा कार्यरत पत्रकारहरु बताउछन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : १६ बजे