९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जना युवाहरु प्रहरीद्वारा उद्दार



ललितखबर/चापागाँउ । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जना युवाहरु फेला परेका छन् ।
प्रहरी प्रभाग बाँडेगाँउका अनुसार १३ जना युवाहरु सकुशल बाँडेगाँउ स्थित प्रहरी प्रभागमा उद्दार गरेर ल्याइको छ ।
उनीहरु देशका विभिन्न भूभाग बस्ने युवाहरु जंगल गएको एक प्रहरीले ललितखबरसँग बताए । भने,‘हामीले जंगल देखेका नै थिएनौं भन्छन् ।’
उनीहरु अमेरिकाबाट नेपाल घुम्न आएका युवाहरु रहेको प्रहरीको भनाई छ । कहिले पनि जंगल नदेखेका उनीहरु अलमल्लिएर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले उद्दार गरेको हो ।

हराएका यवाहरुको विवरण प्रहरीले संकलन गरिरहेको जानकारी दिएको छ ।
फुल्चोकीको धना जंगलमा बेला बेलामा घुम्न गएका युवाहरु हराउने गर्दछन् । राजधानीको रमणिय दृश्य देखिने फुल्चोकी डाँडा राजधानीकै अग्लो चुचुरो हो । यो २७६१ मिटर अग्लो रहेको छ ।
फुल्चोकी दक्षिण ललितपुरको भारदेउ,लेले काभ्रे गाँउ र काभ्रेको कुशादेविबाट जाने बाटो रहेको छ । गोदावरीबाट भने मोटरबाटोबाट फुल्चोकी चुचुरोसम्म पुग्न सकिन्छ । यहाँ नेपाल टेलिभिजनको टावर रहेको छ भने यहाँ टावरको रक्षार्थ सैनिक क्याम्प रहेको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ३० बजे