१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा निरन्तर जान्छ विजुली, एक अर्कालाई दोष दिन्छन् जिम्मेवार अधिकारी



यो हाम्रो समस्या होइन, स्युचाटारस्थित सेन्ट्रल डिस्प्याच सेन्टरमा समस्या छ । हामी त विजुली बालिदिने हो

ललितखबर/चापागाँउ
ललितपुरमा पछिल्लो समय छिन छिनमा विजुली जान्छ । निरन्तर विजुली निभ्दा यहाँ कलकारखाना, कार्यालय र घरपरिवार वाक्क दिक्छ छन् ।
विद्युत् वितरण प्रणालीमा गम्भिर समस्या आइरहँदा यहाँका जिम्मेवार अधिकारी भने एक अर्कालाई दोष दिदै पञ्छने गरेको पाइएको छ ।
ललितपुर वितरण केन्द्रका प्रमुख विजय महत्तो केन्द्रिय प्रशारण लाइनमा समस्या आएको कारण विद्युत् अवरुद्ध हुने गरेको तर्क गर्छन् । भन्छन्, ‘यो हाम्रो समस्या होइन, स्युचाटारस्थित सेन्ट्रल डिस्प्याच सेन्टरमा समस्या छ । हामी त विजुली बालिदिने हो ।’


ललितपुरको लगनखेल वितरण केन्द्रबाट तानिएको फिडर झण्डै ४० मिलोमिटर टाढा खुमल्टार,सुनकोठी, ठेचो चापागाँउ हुँदै दक्षिण ललितपुरको ठुलादुर्लुङसम्म लगिएको छ । पुल्चोक वितरण केन्द्रबाट अर्को भैसेपाटी, छम्पी देविचौर घुसेलदेखि माल्टातर्फ लगिएको छ । लामो दुरीका यी फिटरबाट विद्युत् वितरण गर्दा कुनै ठाँउमा समस्या आउँदा सबै ठाँउमा विजुली जाने केन्द्र प्रमुख विजय महत्तो बताउछन् ।
दक्षिण ललितपुरको विद्युत व्यवस्थास्थापनको जिम्मेवारी सम्हालिरहेका विद्युत कार्यालय चापागाँउका प्रमुख प्रकाश बुढा दक्षिण ललितपुरको खानीखोला जलविद्युत आयोजना र मकवानपुरको माण्डो हाइङ«ो बाढीले बगाएपछि समस्या बढेको बताउछन् । भन्छन्, ती जलविद्युत आयोजना सुचारु नहुञ्जेल समस्या समाधान गर्न गाह्रो छ ।

 

हाम्रो काम त प्राधिकरणको विजुली जनताको घर पु¥याइदिएर पैसा उठाइ दिने हो । हामीसँग विजुली छैन । जस्तो दिन्छ उस्तै ग्राहकलाई दिन्छौं

दक्षिण ललितपुरको महाँकाल, वागमती र कोञ्ज्योसोमको विद्युत् वितरण र व्यवस्थापनको काम गर्दै आएको दक्षिण ललितपुर विद्युत सहकारीका अध्यक्ष गोविन्द बजगाँई विद्युत्को समस्या आफूहरु समाधान गर्न असमर्थ रहेको बताउदै पछि हट्छन् । भन्छन्, ‘हाम्रो काम त प्राधिकरणको विजुली जनताको घर पु¥याइदिएर पैसा उठाइ दिने हो । हामीसँग विजुली छैन । जस्तो दिन्छ उस्तै ग्राहकलाई दिन्छौं ।’
लगनखेल विद्युत केन्द्रका प्रमुख महत्तो वितरणका लागि राम्रो प्रणाली नहुँदा समस्या बल्झने गरेको बताउछन् । थानकोट भक्तपुर विद्युत् प्रशारण लाइन समयमै निर्माण नहुँदा समस्या बढ्दै गएको उनको ठक्याइ छ ।


चापागाँउका केन्द्रका प्रमुख बुढा माण्डो जलविद्युत् आयोजनामा निमार्ण गरिएको सवस्टेशनमार्फत दक्षिण ललितपुरमा विद्युत वितरण गरिएकोमा पछिल्लो समय पुल्चोक र लगनखेलदेखि टाढा टाढासम्म विद्युत पु¥याउदा व्यवस्थापनमा कठीन बनेको बतायछन् ।
दक्षिण ललितपुरको विद्युत् व्यवसथापन चुस्त बन्दै गएको अवस्थामा बाढीले समस्या निम्त्याएको विद्युत सहकारीका अध्यक्ष बजगाँईको बुझई छ । उनका अनुसार कोञ्ज्योसोमको उन्युचौरमा सवस्टेशन निर्माणपछि सञ्चालनको तयारी भइरहँदा बाढीको वितण्डाका कारण चार्ज नै हुन सकेको छैन ।

 

गत असोज १२ गते आएको बाढी पहिरो पछि उत्तरी मकवानपुर इपा पञ्चकञ्यामा सञ्चालित माण्डो जलविद्युत आयोजना क्षतिग्रस्त बनेको थियो । यहाँ सञ्चालनमा रहेको विद्युत वितरण प्रणाली सव स्टेशन वागमती नदिमा आएको बाढीले बगाएको थियो

गत असोज १२ गते आएको बाढी पहिरो पछि उत्तरी मकवानपुर इपा पञ्चकञ्यामा सञ्चालित माण्डो जलविद्युत आयोजना क्षतिग्रस्त बनेको थियो । यहाँ सञ्चालनमा रहेको विद्युत वितरण प्रणाली सव स्टेशन वागमती नदिमा आएको बाढीले बगाएको थियो ।
बाढीले वागमती गाँउपालिका ३ खानी खोलामा सञ्चालनमा आएको खानी खोला जलविद्युत् आयोजना समेत क्षतिग्रस्त बनेपछि त्रिखण्डीमा सञ्चालनमा आएको सवस्टेशन सञ्चालनमा आएको छैन ।
पछिल्लो समय लगनखेलबाट सिधै दक्षिण ललितपुरतर्फ विद्युत लैजानका लागि चापागाँउसम्म तार टागिएको छ । सहकारीका अध्यक्ष बजगाई दक्षिण ललितपुरतर्फ छुट्टै लाइन लैजान यो उपयोगी हुने बताउछन् । भन्छन्, ‘केही समयअघिसम्म उपत्यका र दक्षिण ललितपुरमा छुट्टै लाइन पनि थियो । आशा गरौं । छिट्टै सुधारको काम हुन्छ ।’


विद्युत् वितरण प्रणालीमा सुधारका लागि केही समयअघि सव स्टेशन निर्माण गर्ने भन्दै गोदावरी ढुकुछापमा सव स्टेशन निर्माण गर्ने भन्दै जग्गा अधिकरणको लागि पत्रिकामा सूचना समेत निस्किएको थियो ।
गादावरी १० चापागाँउमा समेत सव स्टेशन निर्माणको योजना बने पनि लामो समयसम्म कार्यान्वयन भएको छैन । वरपर घरै घर निर्माण भइसकेको अवस्थामा यो आयोजना अघि बढ्नेमा स्थानीयबासी शंका गर्छन् ।
ललितपुरको काँठ क्षेत्रमा खासै उद्योग र कलकारखाना छैनन् । दक्षिण ललितपुरमा कल कारखाना नगन्य छन् । यसै कारण पनि दक्षिण ललितपुरको विद्युत प्रणाली सुधारमा प्राधिकरणको चासो नभएको बुझ्न गाह्रो पर्दैन ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १२ : २० बजे