३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इमाडोलमा मध्यराती युवकको खुकुरी प्रहार गरेर हत्या



ललितपुर
ललितपुरको इमाडोलमा एक युवकको गएराती खुकुरी प्रहार गरेर हत्या भएको छ ।
ललितपुर प्रहरीका अनुसार ओचुहाइटमा रामेछाप घर भई महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको गएराती करिव १ बजेतिर हत्या भएको हो ।

रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको भनाई छ । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

खातीको घाँटी र गालामा चोट लागेको छ । घटनाका सम्बन्धमा ललितपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।