१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रास्वपा नेताको गाडी राजावादीले जलाएर बनाइदिए खरानी



काठमाडौँ
पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका छन् ।

आज संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिएका छन् ।
“भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन् ।” सचेतक परियारले भने ।
उनीहरूले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।