ललितपुर
ललितपुरको चापागाँउबाट लागूऔषध गाँजासहित दक्षिण ललितपुर माल्टाका युवक पक्राउ परेका छन् ।
अवैध लागूऔषध गाँजा २ किलो ३ सय ८० ग्राम सहित बाग्मती गाउँपालिका २ माल्टा बस्ने २९ वर्षीय नविन दाहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिक ११ झरुवारासी मोडबाट उनी पक्राउ परेका हुन् ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया