२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरका मेयर चिरीबाबुले स्वीकारे कमजोरी, नगरबासीसँग मागे माफी



ललितखबर
२०७४ सालमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन निर्वाचित बनेपछि शहरलाई स्मार्टसिटी बनाउने उद्घोष गरे । त्यसयता उनी जहाँ पुग्छन्, महानगरलाई स्मार्टसिटी बनाउने भन्दै भाषण गर्छन् ।
तर ललितपुरका सिमित ठाँउबाहेक जहाँ त्यही कन्तविजोक देखिन्छ । बस्तीका सडक हिलाम्मे छन् । जहाँत्यही फोहोर भेटिन्छ । फुटपाथ व्यापारका कारण सडकमा बटुवालाई समेत हिड्न मुस्किल छ । गाडी गुड्ने सडकभर सवारीसाधन पार्किङ छ । सम्पदा पुर्ननिर्माणको हालत उस्तै छ ।
मेयर बनेको आठ बर्षपछि उनले नगरसभामा धेरै कमजोरी स्वीकार गर्दै मेयर महर्जनले माफी मागेका छन् ।

टिकाभैरवबाट लगनखेलस्थित सप्तपाताल पोखरीसम्म राजकुल ल्याउनका लागि महानगरले धेरै समयदेखि काम गरिरहेको छ । तर राजकुलो लगनखेल अझै पुगेको छैन ।
नगरसभाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा मेयर महर्जनले टेण्डरमार्फत काम भइरहेको तर समयमै सम्पन्न नभएकोमा नगरबासी समक्ष सार्वजनिक रुपमा नै माफी मागेका छन् ।

राजकुलोका विषय मात्रै होइन मंगलबजारदेखि लगनखेलसम्मको सडकमा बटुवालाई हिड्न समेत मुस्किल पर्ने गरेको विषयमा पत्रकार सम्मेलनमा उठ्यो । मेयर महर्जनले शहरका फुटपाथ व्यापारलाई चाडै व्यवस्थित गर्ने आश्वासन दिए । मेयर महर्जनले बीच सडकमै बसेर बाटो छेकेर व्यापार गर्नेहरुलाई कारवाही गर्नुको साटो उनीहरुलाई हटाउन कठीन रहेको भन्दै हिच्किचाउदै भने, ‘हामी व्यापारीलाई लखेट्न सक्दैनौं ।’
म्हानगरभित्र विभिन्न् स्थानबाट विषदीयुक्त तरकारी बिक्रि वितरण भइरहेको सन्दर्भमा मेयर महर्जनले अव काम गर्ने वचन दिए ।

विपत व्यवस्थापनका लागि देशभरका स्थानीय निकायमध्ये ललितपुर अब्बल रहेको सोच्ने गरे पनि बाढीले आफूहरुलाई पाठ सिकाएको भन्दै उद्दारमा महानगरले केही गर्न नसकेको मेयर महर्जनले स्वीकार गरे । गत असोज १२ गते महानगरको नख्खु खोलाले एक टहरामा रहेको मानिसहरु बजाएर बेपत्ता बनाएको विषयमा सर्वत्र आलोचना भएको थियो ।

ललितपुरको चक्रपथभित्रका संरचना केही व्यवस्थित देखिए पनि चक्रपथ बाहिरका खोकना, बुङमती,सुनाकोठी, हरिसिद्धि,धापाखेलजस्ता बस्तीहरुमा धेरै समस्या रहेका भन्दै स्थानीय आक्रोसित रहेको भर्खरै सार्वजनिक सुनुवाईमा देखिएको थियो ।
मेयर महर्जन साना तिना उपलव्धिलाई प्रचार प्रसार गर्दै शहरमा उत्पातै विकास गरेको भाषण गर्ने गरेका छन् । तर शहरका बासिन्दा भने महानगरको कामबाट सन्तुष्ट छैनन् ।

 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।