दक्षिण ललितपुरको विद्युत् कम्पनीको खानी खोला जलविद्युत आयोजनाको हकप्रद सेयर आजबाट निश्काशन गरिएको छ ।
कम्पनीले सेयरधनीक लागि शतप्रतिशत हकप्रद सेयर खुलाएको हो ।
गएको असार २६ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर खुलाएको यो कम्पनी भने अहिले नोक्सानीमा छ । गत आर्थिक वर्ष कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ ऋणात्मक छ ।
प्रतिसेयर नेटवर्थ जम्मा ७३ रुपैयाँ छ । गएको असोज ११ र १२ गते आएको बाढीका कारण ४.३६ मेगावाट क्षमताको टुंगुन ठोस्ने र २ मेगावाटको आयोजना बगाएपछि विद्युत आयोजना अहिले बन्द छ ।
क्षति भएका संरचनाको मर्मत कार्य अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २६८ रुपैयाँ छ ।








प्रतिक्रिया